Main News

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस समुदायस्तरमा फैलिँदै

हिमालय टिभी
२०७७ फागुन २ गते ७:४३
नेपालमा नयाँ प्रकारको कोरोना भाइरस समुदायस्तरमा फैलिँदै

२ फागुन २०७७ काठमाडौं । नेपालमा नयाँ प्रकार्को कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ ।

यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो ।

ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमूना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको हो । उनीहरूमा अहिले देखिएको भाइरस पनि युके भेरिएन्ट हुन सक्ने चिकित्सकहरूको अनुमान छ ।

नेपालमा पहिलोपटक गत २७ पुसमा तीन जनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए । नयाँ प्रकारको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन ।

त्यसैले विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा उनीहरूको जिनोम सिक्वेन्सिङ गरिएको थियो । नयाँ भाइरस देखिएका १३ जनाको ट्राभल हिस्ट्री छैन । केन्द्रीय प्रयोगशालाका अनुसार अन्य जिल्लाबाट पनि यस्ता नमूना आउने क्रम बढ्दै छ ।

सरकारले दैनिक कोरोना संक्रमित घट्दै गएको बताएका बेला नयाँ प्रकारको भाइरस समुदायस्तरमा देखिएपछि चिकित्सकमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *