Main News

कडा सुरक्षाबीच बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, शीर्ष नेताहरुले सम्बोधन गर्दै

हिमालय टिभी
२०७७ फागुन १ गते १५:३७
कडा सुरक्षाबीच बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, शीर्ष नेताहरुले सम्बोधन गर्दै

१ फागुन २०७७ बुटवल । नेकपाको ओली समूहले बुटवलमा अहिले शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको मैदानमा अहिले सभा भइरहेको छ ।

सभामा ठुलो संख्यामा नागरिक भेला भएका छन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । त्यसअघि मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता छविलाल विश्वकर्मा लगायतले सम्बोधन गरेका छन् ।

सभास्थल वरपर प्रधानमन्त्री ओलीको डमी बनाएर राखिएको छ । सभा हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निस्किएका छन् । बुटवलको अस्पताललाइन, गोलपार्क, चौराहा, मिलनचोकबाट निस्किएका र्‍याली सिद्धेश्वरीको मैदानमा पुगेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले बुटवलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सभास्थलभित्र र बाहिर ठुलो संख्यामा परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *