आणविक सम्झौतालाई इरानले हल्का रुपमा लिएको युपियन राष्ट्रहरुको आरोप
१ फागुन २०७७ काठमाडौ । विश्व शक्ति राष्ट्र र इरानबीच भएको आणविक सम्झौतालाई इरानले हल्का रुपमा लिएको युरोपियन शक्तिराष्ट्रहरुले आरोप लगाएका छन् ।
सन् २०१५ मा भएको सम्झौतालाई इरानले हल्का रुपमा लिएको बेलायत, फ्रान्स र जर्मनीको भनाइ छ । सम्झौता अनुसार विश्व समुदायबीच सहकार्य गर्ने अवसरलाई हल्का रूपमा लिनु इरानको भूल भएको भन्दै उनीहरुले चेतावनी दिएका छन् ।
इरानले सम्झौता विपरीत युरेनियम धातु उत्पादन गर्न शुरु गरेपछि उनीहरूको यस्तो भनाइ आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले तेहरानको आणविक कार्यक्रमसम्बन्धी उक्त सम्झौतालाई नयाँ वार्ता र छलफलबाट टुंगोमा पुर्याउने आशा विश्व समुदायले गरिरहेका बेला इरानले सम्झौताका शर्तलाई उल्लंघन गरिरहेको उनीहरुको ठहर छ ।
२०१५ मा राष्ट्रपति बाराक ओबामाको पहलमा विश्वका प्रमुख शक्ति राष्ट्रहरू अमेरिका, चीन, रूस, बेलायत, फ्रान्स, जर्मनीले इरानसँग आणविक हतियार नियन्त्रणका लागि सम्झौता गरेका थिए ।
तर त्यसको ३ वर्षपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता आफ्नो देशको हितमा नभएको बताउँदै यसबाटर बाहिरिंदै इरानमाथि थप आर्थिक नाकाबन्दी लगाएका थिए । त्यसपछि सम्झौतालाई आफूले मात्रै मान्न नसक्ने भन्दै इरानले यसका शर्तहरूलाई उल्लंघन गर्दै आइरहेको छ ।
प्रतिक्रिया