Political Hightlights

जसपा नेता हवारी नेकपा ओली समूह प्रवेश

हिमालय टिभी
२०७७ माघ ३० गते १९:०५
जसपा नेता हवारी नेकपा ओली समूह प्रवेश

३० माघ २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको छ ।

बालुवाटारमा एक कार्यक्रमबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हवारीलाई पार्टी प्रवेश गराउनुभयो । वीरगन्जका बासिन्दा तत्कालीन माओवादीबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो ।

हवारी पछि नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा काम गरिरहनुभएको थियो । प्रधानमन्त्री ओलीले पार्टी विभाजनसँगै मधेशका नेताहरुलाई आफ्नो पार्टीमा तान्ने प्रयासमा हुनुहुन्छ ।

केही दिन अघि मात्रै जसपाकै नेता डाक्टर शिवजी यादव ओलीको पार्टीमा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्