संसद विघटनको विरोधमा सडकमा उत्रिए स्रष्टा (फोटो फिचर)
![संसद विघटनको विरोधमा सडकमा उत्रिए स्रष्टा (फोटो फिचर)](https://www.himalayatv.com/wp-content/uploads/2021/02/srashta6.jpg)
३० माघ २०७७ काठमाडौं । संसद विघटनको विरोध गर्दै स्रष्टा र कलाकारले काठमाडौंमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् ।
सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन”को ब्यानरमा उनीहरुले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म प्रदर्शन गरेका हुन् । विधिको शासन कायम गर्न, मानव अधिकार रक्षा गर्न र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न उनीहरुको माग छ । मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको उनीहरुको निष्कर्ष छ ।
उनीहरुले कविता र गीतबाट पनि ओली सरकारको विरोध गरे । आफ्ना लागि सरकार मरिसकेको उनीहरुको बुझाई छ ।
कार्यक्रममा बोल्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमनविरुद्ध सबै स्रष्टा एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अंहको छिट्टै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एक हुन आह्वान गर्नुभयो ।
प्रतिक्रिया