Political Hightlights

संसद पुनर्स्थापना नभए देश अराजकता र अस्थिरतामा जाने नेता गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ३० गते १५:२३
संसद पुनर्स्थापना नभए देश अराजकता र अस्थिरतामा जाने नेता गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले अदालतले संसद पुनर्स्थापना नगरे मुलुक चरम अराजकता र अस्थिरतामा जाने दाबी गर्नुभएको छ ।

बुटवलमा आज पत्रकारसँग नेता गुरुङले त्यस्तो अवस्थामा मुलुककै अस्मिता समाप्त हुने दाबी पनि गर्नुभयो ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम सर्वोच्च अदालतले बदर गर्ने विश्वास गर्दै उहाँले त्यसो हुन नसके मुलुकमा अराजकता बढ्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्था समाप्त पार्नका लागि संसद विघटन गरेको नेता गुरुङले आरोप लगाउनुभयो । संवैधानिक कु छोप्न मात्रै निर्वाचन घोषणा गरिएको पनि उहाँको दाबी छ ।

कानूनी रुपमा संसद विघटन नभएको तर्क गर्दै नेता गुरुङले राष्ट्रपतिको आदेशबाट प्रतिनिधिसभा निस्क्रिय मात्रै भएको टिप्पणी गर्नुभयो । न्यायालय या राजनीतिक निर्णयबाट मात्रै त्यो सक्रिय हुने उहाँको तर्क छ ।

नेता गुरुङले अहिलेको सरकार फाँसीवाद र तानाशाहीतर्फ उन्मुख भएको आरोप पनि लगाउनु भयो ।

पञ्चायतको समयमा समेत राजाका बारेमा बोल्न पाइने गरेको तर अहिले त्यसलाई खोस्न खोजिएको उहाँको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्