Main News

सुदूरपश्चिम प्रदेश र केही पहाडी भू–भागमा मौसम बदली भई हिमपात हुने

हिमालय टिभी
२०७७ माघ ३० गते ९:०३
सुदूरपश्चिम प्रदेश र केही पहाडी भू–भागमा मौसम बदली भई हिमपात हुने

३० माघ २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जनाएको छ ।

देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *