Main News

हाल नेपालमा लगाइएको कोरोनाविरुद्धको खोप प्रभावकारीः डब्ल्यूएचओ

हिमालय टिभी
२०७७ माघ २९ गते ९:०१
हाल नेपालमा लगाइएको कोरोनाविरुद्धको खोप प्रभावकारीः डब्ल्यूएचओ

२९ माघ २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले नेपालमा हाल लगाइएको कोरोनाविरुद्ध खोपको प्रभावकारिता देखिएको भन्दै प्रयोग बढाउन सिफारिस गरेका छन्।

एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको भन्दै प्रयोग बढाउन सिफारीस गरेका हुन् । एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ ।

भारतले नै निःशुल्क उपलब्ध गराएको १० लाख डोज खोप नेपालमा लगाउने क्रम जारी छ। स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिसमा डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले खोप प्रभावकारिता देखिएको उल्लेख गरेको छ ।

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३।०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन्।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ। धेरैजसो खोपमा यस्तो अन्तर २४ दिनको राख्ने गरिएको छ। अक्सफोर्डको खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *