फेवातालको पानी घटेपछि सल्बलाउँदै अतिक्रमणकारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २७ गते २०:४६
फेवातालको पानी घटेपछि सल्बलाउँदै अतिक्रमणकारी (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ पोखरा । पोखरामा फेरी एकपटक फेवातालले चर्चा पाएको छ । तालमा पानीको सतह घटेको छ । बाँध मर्मत गर्न पानीको सतह घटाइएपछि तालको किनार अहिले उजाड देखिन्छ । पानी घटाएका बेला अतिक्रमणकारी पनि सल्बलाएका छन् ।

यो दृष्य फेवातालको हो । पानीले ढाकिने यो जमिन अहिले यसरी हिलाम्य भएको छ । दैनिक सयौँ मानिसले फेवातालमा डुङगा सयर गर्छन् । पानीको सतह घटेपछि डुङगा चढ्नुपर्ने दूरी पनि घटेको छ । तालको पानी घटेकोमा पर्यटक अचम्म मानिरहेका छन्।

कहि कतै डुङगा हिलोमा डुबेका छन् । डुङगा चढ्न हिलो हुँदै पानीको सतहसम्म पुग्नुपर्ने भएकाले नौका बिहार गर्नेलाई पनि असहज भएको छ।

तालको पानी आफै घटेको होइन । बाँध मर्मतका लागि घटाइएको हो । २०१८ सालमा पहिलो पटक बाँधिएको बाँध २०२८ मा भत्किएको थियो । पछि २०३५ मा पुरानो स्थानभन्दा केही तल बाँध निर्माण गरिएको थियो । करिब ४० वर्षपछि त्यही बाँध मर्मत गर्न थालिएको छ ।

तालको सतह घटेको मौका छोपी रातारात बाटो खन्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फेवातालको सिरानतर्फ रातमाटेमा साविकको सडक संरचनासमेत बिगारेर डोजरले ताल किनारतर्फ बाटो लैजान खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

७ सय ९३ मिटरको उचाइमा रहेको पानीको सतह अहिले एक मिटर घटाइएको छ । एक महिनाभित्र फेवाताल ड्याम मर्मतको काम सकिने र पुरानै अवस्थामा फर्कने सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *