Main News

१६० जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ २७ गते १६:२४
१६० जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

२७ माघ २०७७ काठमाडौं । नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२२१५ पुगेको छ । हाल देशभर १ हजार ७३७ जना सक्रिया संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३०९ जनाको नमूना परीक्षण गर्दा ६१ जना महिला र ९९ जना पुरुष गरी कुल १६० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, काठमाडौं उपत्यकामा ७९ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं जिल्लामा ६७,भक्तपुरमा ५ र ललितपुरमा ७ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०४७ पुगेको छ ।

नेपालमा थप १६५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६८४३१ पुगेको छ ।

हाल नेपालमा १७३७ जना आइसोलेसनमा छन् भने ८७ जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल ६४ जनाको आईसीयूमा र १५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *