Political Hightlights

यस्ता छन् भोलि काठमाडौंमा हुने प्रदर्शनका लागि नेकपा प्रचण्ड–नेपाल समूहका कमाण्डर

हिमालय टिभी
२०७७ माघ २७ गते ८:५९
यस्ता छन् भोलि काठमाडौंमा हुने प्रदर्शनका लागि नेकपा प्रचण्ड–नेपाल समूहका कमाण्डर

२७ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले भोलि काठमाडौंमा गर्ने प्रदर्शनका लागि कमाण्डर तोकेको छ ।

भोलिको सभालाई अहिलेसम्मकै ठुलो बनाउने तयारीस्वरुप नेकपा प्रचण्ड–नेपाल समूहले कमाण्डर खटाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल समूह निरन्तर सडक संघर्षमा छ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्ने तय भएको छ । त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।

यस्तै माइतीघरको जुलुसको नेतृत्व अमृत बोहोरा, गिरिराजमणि पोखरेल, भीम आचार्य लगायतका नेताले गर्ने छन् ।

यस्तै केशर महलबाट निस्कने जुलुसको अगुवाइ भीम रावल, देव गुरुङ, शक्ति बस्नेत लगायतका नेताहरुले गर्ने तय भएको छ ।

भोलि दिउँसो एक बजे भृकुटीमण्डपमा विरोध सभा हुनेछ । सभालाई अध्यक्ष प्रचण्ड र नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्