Political Hightlights

संसद विघटनको विरोधमा विवेकशील पार्टीले झुन्ड्यायो माइतीघरमा जुत्ता

हिमालय टिभी
२०७७ माघ २६ गते १३:१९
संसद विघटनको विरोधमा विवेकशील पार्टीले झुन्ड्यायो माइतीघरमा जुत्ता

२६ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ।

विवेकशीलले आज माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो ।

संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।

उक्त पार्टीका नेता कार्यकर्ताले जुत्ता प्रदर्शन गर्दै विधि विधान नकुल्चन सरकारलाई आग्रह गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा विवेकशीलले निरन्तर सडक संघर्ष गर्दै आएको छ।

प्रतिनिधि सभा विघटनको कदम खारेज हुनुपर्ने माग गर्दै विवेकशिल सडकमा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्