Main News

सरकार पक्षका कानून व्यवसायीप्रति प्रधानन्यायाधीश जबराको आक्रोश

हिमालय टिभी
२०७७ माघ २६ गते १३:११
सरकार पक्षका कानून व्यवसायीप्रति प्रधानन्यायाधीश जबराको आक्रोश

२६ माघ २०७७ काठमाडौं । संसद विघटनको मुद्दामा सरकारी पक्षका कानून व्यवसायीले अदालतको बाध्यता नबुझेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आक्रोश व्यक्त गर्नुभएको छ ।

तोकिएको समयभन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश जबरा आक्रोशित हुनु भएको हो । सरकारको पक्षबाट बहस गरिरहेका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईलाई बहस टुंग्याउन पटक–पटक आग्रह गरेपनि आधा घण्टा बढी समय लिएपछि प्रधानन्यायाधीश जबरारले छोडिदिनुस अब बहस नगर्नुस भन्नुभएको थियो ।

रिसाउँदै प्रधानन्यायाधीश जबराले भन्नुभयो– तपाइँहरु भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न । ’

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरिरहेका कानून व्यवसायीलाई १५ मिनेट समय तोकिएको छ । र, माघ ३० गतेसम्म बहस सक्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *