Main News

मानव अधिकार आयोगले शुरु गर्‍यो भट्ट हत्यासम्बन्धी घटनाको अनुगमन

हिमालय टिभी
२०७७ माघ २५ गते १७:०७
मानव अधिकार आयोगले शुरु गर्‍यो भट्ट हत्यासम्बन्धी घटनाको अनुगमन

२५ माघ २०७७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन शुरु गरेको छ।

अनुगमन टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको मानवअधिकार आयोगले जनाएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार समेत गरेको छ।

घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन आयोगले भनेको छ ।

यस्तै दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत दिन समेत आयोगलाई सरकारलाई आग्रह गरेको छ । भागरथीको बलात्कार र हत्या शान्ति सुरक्षाको अभावमा भएको आयोगको निष्कर्ष छ ।

पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको र उनीहरुको सुरक्षा नभएको तर्फ पनि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ ।

अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस्ता घटनाले बालबालिकाको बाँच्‍न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्‍न भई बाल मनोविज्ञानमा नकरात्मक असर परेको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । विद्यालयबाट घर फर्कने क्रममा भागीरथी भट्टको शव भेटिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *