Main News

सत्तापक्षको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते १६:३७
सत्तापक्षको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ विराटनगर । प्रदेश १ मा सत्तारुढ नेकपाको ओली समूहले संसद बैठक अवरुद्ध गरेको छ । सत्तारुढ दलको अवरोधका कारण देश सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत हुने भएपछि सत्तारुढ दलकै सांसदले बैठक चल्न नदिएका हुन् । प्रदेश सभाको अर्को बैठक फागुन ९ गते बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

कार्य व्यवस्था परामर्श समिति बैठकमा कार्यसूचीमा सहमति हुन नसकेपछि दुई घण्टा ढिलो भएको बैठक मुख्यमन्त्री शेरधन राईकै पार्टीको अवरोधका कारण अघि बढ्न सकेन ।

कार्यव्यवस्था समितिको बैठकमा नेकपा ओली समुहले बैठक स्थगित गर्नुपर्ने र प्रचण्ड–नेपाल समुहले बैठक जसरी पनि चलाउनुपर्ने अडान राखेको थियो । तर अन्तिममा अविश्वास प्रस्ताव प्रस्तुत गर्ने सहमति भएपछि सत्तारुढ दलले नै अवरुद्ध गरेको हो ।

नेकपा विभाजनपछिको विवादका कारण माघ ७ गते पनि करिब ३ मिनेट मात्रै बैठक बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *