Main News

देशका विभिन्न स्थानमा वर्षा र हिमपात, उपत्यका वरपरका डाँडा हिउँले सेताम्मे

हिमालय टिभी
२०७७ माघ २५ गते ७:३४
देशका विभिन्न स्थानमा वर्षा र हिमपात, उपत्यका वरपरका डाँडा हिउँले सेताम्मे

२५ माघ २०७७ काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै काठमाडौंसहित देशमा धेरै ठाउँमा वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

काठमाडौं वरपरका डाँडामा पनि हिउँ परेको छ । चन्द्रागिरि, फुलचोकी, शिवपुरी लगायतका डाँडा हिउँले सेताम्य भएका छन् । मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र दार्चुला लगायतका जिल्लमा बाक्लो हिमपात भएको छ ।

मनाङका तल्लो क्षेत्रको वस्तीसम्म हिमपात भएको स्थानीयले बताएका छन् । करिव २ फिटसम्म हिउँ जमेकाले घर बाहिर निस्कन पनि समस्या भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको छ ।

यस्तै डोल्पाका विभिन्न बस्ती हिमपात भएको छ । ति क्षेत्रको जनजीवन कष्टकर बनेको छ । हिमपातले डोल्पाका डाँडाकाँडा सेताम्यै भएका छन् । चिसोले जनजीवन प्रभावित भए पनि किसान भने खुसी भएका छन् ।

हिमपात र वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभर नै चिसो बढेको छ । काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *