Main News

भागरथी हत्या अनुसन्धान गर्न एसएसपी नेतृत्वको टोली घटनास्थलमा

हिमालय टिभी
२०७७ माघ २५ गते ७:१५
भागरथी हत्या अनुसन्धान गर्न एसएसपी नेतृत्वको टोली घटनास्थलमा

२५ माघ २०७७ बैतडी । भागरथी हत्या प्रकरणको अनुसन्धानको लागि खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय नेतृत्वको अनुसन्धान टोली घटनास्थल बैतडी पुगेको छ।

घटनालाई गम्भीर रुपमा लिँदै सुदूरपश्चिम प्रदेश प्रहरीले जिल्लाको अनुसन्धान टोलीलाई सघाउन एसएसपी पाण्डेयको नेतृत्वमा ४ सदस्यीय छुट्टै अनुसन्धान टोली गठन गरेको थियो।

जसमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी पनि रहेका छन्। शुक्रबार राति बैतडी पुगेको एसएसपी पाण्डेय नेतृत्वको अनुसन्धान टोलीले पनि घटनाको सूक्ष्म अनुसन्धान अगाडि बढाएको हो।

यो टोलीले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीको अनुसन्धान टिमलाई प्राविधिक पाटोमा सघाइरहेको छ। डीएसपी अधिकारी र एसएसपी पाण्डेय नेतृत्वको अनुसन्धान टोली घटनाको सूक्ष्म अनुसन्धानमा सक्रिय छ।

प्रहरीका अनुसार शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर सोधपुछ गर्ने काम भइरहेको छ। मृतक भागरथीसँग नजिक तथा घटनाबारे थाहा भएकाहरुमाथि निगरानी बढाइएको हो।

घटनास्थलमा भेटिएको किशोरीको मोबाइल, सिमकार्डमाथि पनि अनुसन्धान टोलीले विश्लेषण गरिरहेको छ। धनगढीबाट मगाइएको तालिमप्राप्त कुकुरले घटनास्थलबाट मोबाइल र सिमकार्ड फेला पारेको थियो।

बुधबार विद्यालय गएकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको बिहीबार साँझ घर नजिकैको लबलेक सामुदायिक वनमा झाडीमा हत्या गरी फालेको अवस्थामा शव भेटिएको थियो।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार युवतीको शरीरभरि नीलडाम र घाउ छन् भने कपडा पनि च्यातिएको छ। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। परिवारले शव बुझेको छैन ।

तराईका किशोरीहरुको जीवन उज्यालो बनाउँदै संवाद कार्यक्रम (भिडियो रिपोर्टसहित)
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *