Political Hightlights

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा

हिमालय टिभी
२०७७ माघ २४ गते १३:३५
निर्वाचनले राजनीतिक स्थायित्व आउँछ  : पूर्वमन्त्री बाँस्कोटा

२४ माघ २०७७ काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताउनुभएको छ ।

बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताउनुभयो । “विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले थप्नुभयो ।

उहाँले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप लगाउनुभयो ।

कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताउनुभयो । सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठनको तदर्थ समिति घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्