पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न टुर दि ठाकुरद्वारा साइकल यात्रा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २३ गते १४:०८
पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न टुर दि ठाकुरद्वारा साइकल यात्रा (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसायलाई साइकिलिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जबाट टुर दि ठाकुरद्वारा साइकल यात्रा शुरु भएको छ । नेपालगन्जबाट १ सय ५० जना साइकल यात्री बाँके र बर्दियाका पर्यटकीय गन्तब्य हुँदै करिब ९० किलोमिटरको यात्रा गर्दै बर्दिया राट्रिय निकुन्जको मुख्यालय रहेको ठाकुरद्वारा पुग्ने छन् ।

नेपालगन्जबाट टुर दि ठाकुरद्वारा साइकल यात्रा शुरु भएको छ । नेपालन्जको बागेश्वरी मन्दिर परिसरबाट शुरु भएको साइकल यात्रीको टोलीले नेपालगन्ज शहरको परिक्रमा गरेर बर्दियाको बढैयाताल, डल्ला होम स्टे हुँदै ठाकुरद्वारा पुग्ने छ । विश्वसाइकल यात्री पुष्कर शाहको नेतृत्वमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सिंहबहादुर श्रेष्ठ सहित भारत र नेपालका साइकल यात्रीहरुले पर्यटकीय स्थल ठाकुरद्धाराको भ्रमण गर्न लागेका हुन ।

साइक्लिङ स्वास्थ्य र वातावरणका लागि निक्कै महत्वपूर्ण मानिन्छ । यसले शारीरिक तन्दुरुस्ती र वातावर‌णलाई स्वच्छ बनाउन सघाउँछ ।

टुर दि ठाकुरद्वारा साइकल यात्रामा बरेलीबाट ३, नैनीतालबाट १ र ओडिसाबाट १ जना गरी ५ जना भारतीय साइकल यात्री सहभागी छन् । खेडाली निरा बरालसहित १२ जना किशोरी पनि टुर दि ठाकुरद्वारा साइकल यात्रामा सहभागी छन् ।

नियमित साइकल चलाउँदा तनावमुक्त भएको अनुभव गर्नेको संख्या पनि ठूलो छ । युवापंक्ति पनि साइक्लिङमा आकर्षित हुँदै गएको छ ।

कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न साइक्लिङले महत्वपूर्ण योगदान पुराउने विश्वास गरिएको छ ।

ठाकुरद्वारा बाघलगायत दुर्लभ वन्यजन्तु अवलोकनका लागि आकर्षक पर्यटकीय गन्तब्य हो । साइकल यात्रीले दोस्रो दिने ठाकुरबाबा मन्दिरको दर्शन, बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, नेपाल कै लामो पुल गेरुवा, कर्णाली पुल घुमेर साझ थारु सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने मुख्य लिएर २०७५ सालबाट टुर दि ठाकुरद्वाराको सुरुवात गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *