Main News
विरोध तह लगाउन शक्ति प्रदर्शनका नाममा प्रधानमन्त्री ओलीद्वारा सरकारी शक्ति दुरुपयोग
२०७७ माघ २२ गते ८:०३

२२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीलाई तह लगाउन शक्ति प्रदर्शनका नाममा सरकारी शक्तिको दुरुपयोगको सिलसिला शुरु गरेका छन्।
आफ्नो पार्टीमा उत्पन्न विवादमा आफूलाई शक्तिशाली सावित गर्न ओलीले भोलि काठमाडौंको नारायणहिटी संग्रहालयअघि हुने प्रदर्शनमा जिल्ला बाहिरबाट सामेल हुन चाहनेलाई जसरी पनि ल्याउन गृह मन्त्रालयमार्फत सुरक्षा निकायलाई निर्देशन दिन लगाउनु भएको हो ।
हिजो संवैधानिक आयोगहरुमा सिफारिस भएका पदाधिकारी र सदस्यहरुले सपथ खाएको विरोधमा प्रचण्ड–नेपाल समूहले आज आम हड्तालको घोषणा गरेपछि ‘काउन्टर’मा ओली पक्षका गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरुलाई गृह मन्त्रालय बोलाएर प्रर्दशनमा सहभागी हुन आउनेलाई जसरी पनि ल्याउन निर्देशन दिएको बुझिएको छ।
प्रतिक्रिया