काठमाडौंको गोंगबुमा अज्ञात समूहद्वारा ट्याक्सीमा आगजनी

२२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौंमा एउटा ट्याक्सीमा आजगनी भएको छ ।
आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइएपनि आज बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको हो । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिराखेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिनुभयो ।
‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेको बताइएको छ । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको सिंहले बताउनुभयो । उहाँले घटनामा संलग्न ‘दुई जनाको खोजी कार्य भइरहेको बताउनुभयो ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा आज देशव्यापी आम हड्ताल आव्हान गरेको छ ।
प्रतिक्रिया