Main News
संवैधानिक निकायमा भएको नियुक्तिप्रति कांग्रेसको आपत्ति
२०७७ माघ २१ गते १९:१४
२१ माघ २०७७ काठमाडौं । संवैधानिक निकायमा गरेको नियुक्ति अवैधानिक भन्दै नेपाली कांग्रेसले पनि विरोध गरेको छ ।
कांग्रेसले त्यसका विरुद्ध संघर्ष गर्ने जानकारी दिएको छ । सरकारले विभिन्न संवैधानिक आयोगमा रिक्त ३२ पदाधिकारी नियुक्ति गरेको विषयलाई लिएर कांग्रेसले विधि उलंघनको प्रवृत्तिप्रति आफ्नो प्रस्ट विमति रहेको जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथग्रहण विधि उल्लंघनको शृंखला भएको बताउनुभएको छ ।
दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनीभूत बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको शर्माले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया