Political Hightlights

संकटकाल लगाएर तानाशाही लाद्ने तयारी भइरहेको अध्यक्ष डा भट्टराईको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २१ गते १८:३५
संकटकाल लगाएर तानाशाही लाद्ने तयारी भइरहेको अध्यक्ष डा भट्टराईको आरोप (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ चितवन । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा संकटकाल लगाएर तानाशाही लाद्ने तयारी भइरहेको आरोप लगाउनुभएको छ ।

चितवनको भरतपुरमा आज कार्यकर्ता भेटघाटमा भट्टराईले सङ्कटकाल लगाउने तयारीस्वरुप सेनाको बख्तरबन्द गाडी प्रदर्शन गरिएको समेत दाबी गर्नुभयो । तोकिएको मितिमा निर्वाचन नभएपछि संविधान निलम्वन गर्ने र सेनालाई बाहिर निकाल्ने तयारी भइरहेको उहाँको आरोप छ । भट्टराईले यसकाविरुद्ध अन्तिम सास रहेसम्म लड्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले जित्ने सुनिश्चित नभएसम्म निर्वाचन नगराउने पनि भट्टराईले दाबी गर्नुभयो । विश्वमा सबै तानाशाहले निर्वाचन घोषणा मात्रै गर्ने तर आफू अनुकुल नभएसम्म नगराउने देखिएको भन्दै उहाँले नेपालमा पनि त्यस्तै हुने दाबी गर्नुभयो ।

संसद् विघटन गरेर लोकतन्त्रको एउटा खुट्टा भाँच्ने काम गरिएको भन्दै उहाँले अब क्रमिक रुपमा संघीयता र संविधान समाप्त पार्ने तयारी भइरहेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्