Main News

अख्तियारका आयुक्त गणेशराज जोशीद्वारा राजीनामा

हिमालय टिभी
२०७७ माघ २१ गते १६:३६
अख्तियारका आयुक्त गणेशराज जोशीद्वारा राजीनामा

२१ माघ २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिनुभएको छ ।

प्रमुख आयुक्तमा आफूभन्दा जुनियर प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राजीनामा दिनु भएको हो । आयोगमा दुई आयुक्त नियुक्त भएकै दिन जोशीले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्नु भएको छ ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नु भएका जोशीले राजीनामा दिनुको कारण भने खुलाउन चाहनु भएन ।

यसअघि आज बिहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गर्नु भएको थियो । प्रमुख आयुक्त राईले आजै पदभार सम्हालिसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *