Main News

नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २१ गते १३:४८
नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्र हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारीवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु¥याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले पक्राउ गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ । अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताउनुभयो ।

गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *