Main News

प्रतिनिधिसभा विघटनको विषयमा परेको रिटमा आज पनि बहस जारी रहने

हिमालय टिभी
२०७७ माघ २१ गते ९:१२
प्रतिनिधिसभा विघटनको विषयमा परेको रिटमा आज पनि बहस जारी रहने

२१ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा परेको रिट निवेदनमा आज पनि बहस जारी रहनेछ ।

सोमबारदेखि संवैधानिक इजलासमा सरकारकातर्फबाट बहस शुरु भएको हो । हिजोको बहसमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एमसीसी सम्झौता अनुमोदन नगरेको, गाँजा खेती खुला गर्ने सम्बन्धी विधेयकलगायत विभिन्न विधेयकलाई अघि बढाउन नसकेका कारण प्रतिनिधिसभा विघटन गर्नु परेको तर्क गर्नुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि हिजो संवैधानिक इजलासमा आफ्नो बहसलाई निरन्तरता दिँदै खरेलले संसदले नै सरकारलाई असहयोग गरेकाकारण प्रतिनिधिसभा विघटन गर्नु परेको तर्क गर्नुभयो ।

कारागारसम्बन्धी विधेयक, मदन भण्डारी प्राविधिक शिक्षालय, संघीय निजामती सेवा, लोक सेवासम्बन्धी विधेयकलगायत विभिन्न विधेयक लामो समयदेखि संसदमा अल्झिएको खरेलको भनाइ थियो ।

न्यायाधीश सपना प्रधान मल्लले महान्यायाधिवक्ता खरेललाई संसद र दलले प्रधानमन्त्रीलाई सहयोग नगर्नु र संसदबाट विधेयक पारित नहुनुमा कस्तो सम्बन्ध छ भन्नेबारे प्रश्न गर्नुभएको थियो ।

जवाफमा खरेलले अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्नका लागि केही बिल पारित गर्नु अनिवार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *