Main News
सरकार दोस्रो चरणको खोप अभियानको तयारीमा
२०७७ माघ २० गते १८:५८
२० माघ २०७७ काठमाडौं । सरकारले दोस्रो चरणको खोप अभियानका लागि तयारी गरिरहेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले पहिलो चरणको खोप अभियान जारी रहेकै समयमा दोस्रो चरणका लागि पनि तयारी गरिरहेको बताउनुभयो ।
भारतमा उत्पादित कोभिशिल्डलाई मात्रै अहिलेसम्म प्रयोगको अनुमति दिएकोमा अब छिट्टै नै अन्य खोप पनि दर्ता गरिने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।
विभिन्न देशले अनुदान वा उपहारमा खोप दिन चाहेपनि त्यसको विश्वनीयता हेरेर मात्रै नेपालमा ल्याउने पनि उहाँले बताउनुभयो ।
अधिकारीले पहिलो चरणमा खोप लगाएका व्यक्तिमा सामान्य समस्या देखिनुलाई खोपले काम गर्न थालेको संकेतको रुपमा बुझ्न पनि आग्रह गर्नूभयो ।
भारतले अनुदान स्वरुप दिएको १० लाख डोजबाट सरकारले खोप अभियान चलाइरहेको छ ।
प्रतिक्रिया