Main News

संसद विघटनको विरोधमा डा. गोविन्द केसीद्वारा अनशन घोषणा

हिमालय टिभी
२०७७ माघ २० गते १७:२९
संसद विघटनको विरोधमा डा. गोविन्द केसीद्वारा अनशन घोषणा

२० माघ २०७७ काठमाडौं । संसद विघटनको विरोध गर्दै डाक्टर गोविन्द केसीले अनशनमा बस्ने घोषणा गर्नुभएको छ ।

चिकित्सा शिक्षाको विषयलाई लिएर १९ पटक अनशन बसेका केसीले पहिलो पटक राजनीतिक माग अघि सारेर आन्दोलन घोषणा गर्नुभएको हो ।

डाक्टर केसीले असंवैधानिक रुपमा संसद विघटन गरिएकोमा संविधानको रक्षा, विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्न माग गर्नुभएको छ । यी माग तीन हप्तामा पुरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह शुरु गर्ने केसीको घोषणा छ ।

अहिले मुलुकमा संवैधानिक संकट देखा परेको र एक व्यक्तिले व्यक्तिले सिंगो राज्य संयन्त्र कब्जा गर्ने कुटिल प्रपञ्च चलिरहेको भन्दै केसीले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाउनुभएको छ ।

ओलीको कदम सफल भएमा भविष्यमा सुधार र सुशासनका लागि लड्ने धरातल नै बाँकी नरहने केसीको दावी छ । आफ्नो संभावित सत्याग्रहलाई डाक्टर केसीले संविधान कुल्चिने कदमका विरुद्ध नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र भन्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *