राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगमा आधिकारिकता दाबी प्रस्तुत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते १२:४९
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगमा आधिकारिकता दाबी प्रस्तुत (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको टोलीले आयोगमा पुगेर कागजात बुझाउँदै आफ्नो समूह नै आधिकारिक नेकपा भएको दावी पेश गरेको हो ।

प्रचण्ड–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गरेको छ । आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएको र त्यसैलाई आधार मानेर आफूहरुले प्रमाणहरु पेश गरेको वरिष्ठ नेता खनालले जानकारी दिनुभयो ।

यो समूहले अध्यक्ष ओलीलाई कारवाही गरेको निर्णय पनि पेश गरेको छ । २५ प्रतिशत केन्द्रीय कमिटी सदस्यले आकस्मिक बैठक माग गरेको र त्यही अनुसार बैठकले ओलीलाई कारवाही गरेको प्रचण्ड नेपाल समूहको तर्क छ ।

प्रचण्डनेपाल समूहले आधिकारिकता पेश गरेपछि विभाजनको विषय अब मूल मुद्दामा प्रवेश गरेको छ । ओली पक्षले भने आफू नै आधिकारिक भन्दै आधिकारिकता दावी गर्न नजाने बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्