Main News

सभामुखको पत्रले निर्णय कार्यान्वयनमा कुनै असर पर्दैनः मन्त्री ढकाल

हिमालय टिभी
२०७७ माघ १९ गते १८:२८
सभामुखको पत्रले निर्णय कार्यान्वयनमा कुनै असर पर्दैनः मन्त्री ढकाल

१९ माघ २०७७ काठमाडौं । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संवैधानिक परिषद्को निर्णय कार्यान्वनमा सभामुख अग्नि सापकोटाले पठाएको पत्रले कुनै असर नगर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग मन्त्री ढकालले ४५ दिनभित्र सुनुवाइ नभएको खण्डमा संवैधानिक अंगमा स्वतः नियुक्ति हुने भन्दै प्रकृया नरोकिने बताउनुभयो । मन्त्री ढकालले सभामुखले कार्यक्षेत्र र अधिकारविपरीत पत्र पठाएको आरोप पनि लगाउनुभयो ।

मन्त्री ढकालले सबै निकाय चुनावको तयारीमा रहेको भन्दै अहिले विरोधमा रहेका दलहरु पनि चुनावमा जाने दाबी गर्नुभयो ।

प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै मन्त्री ढकालले बाहिरबाहिर विरोधको कुरा गर्नेहरु नै चुनावमा जान आँतुर रहेको समेत दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *