पूर्वी सीमा नाकामा हुने आवागमन खुकुलो (भिडियो रिपोर्टसहित)
२०७७ माघ १९ गते १७:११

१९ माघ २०७७ विराटनगर । भारतसँग सीमा जोडिएका प्रदेश १ का नाकामा हुने आवागमन खुकुलो बनाइएको छ।
प्रदेश १ का बिहार र पश्चिम बंगाल राज्यसँग सीमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेभसाइटमा राखिएको अनलाइन फर्म भरेर अब इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानी सीमा नाकाबाट आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ।
मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर आएपछि शर्तसहित भारत जाने व्यवस्था मिलाइएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि भनेर सरकारले गत चैतदेखि लकडाउन गरेको थियो ।
प्रतिक्रिया