Main News

आज राति सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै

हिमालय टिभी
२०७७ माघ १९ गते १३:५६
आज राति सेनाका बख्तरबन्द गाडीले  चक्रपथ परिक्रमा गर्दै

१९ माघ २०७७ काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो ।

मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुुभयो । नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुुले सेनाले त्यसबारे सूूचना जारी गरेको छ ।

सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गर्थ्यो ।

सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *