Main News

म्यानमारमा भएको सैनिक ‘कु’ को नेपाली कांग्रेसद्वारा विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १९ गते १३:१७
म्यानमारमा भएको सैनिक ‘कु’ को नेपाली कांग्रेसद्वारा विरोध (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा एकयवद्ध भई निन्दा गर्नुपर्ने बताएको छ ।

आज बिहान म्यानमारको सेनाले नेशनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको बिषयमाथि आफ्नो प्रतिक्रिया दिदै नेपाली कांग्रेसले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताउनु भएको हो । प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने उहाँको भनाइ छ । नेपाली कांग्रेसले म्यानमारको उक्त घटनाप्रति विरोध प्रकट गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहमुत प्राप्त गरेको भएपनि चुनावमा धाँधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो ।

प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्धारा हल गर्न सकिने विषय भएको बताउनुभयो । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ ।

प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताउनुभयो । कांग्रेसले सबै खाले प्रतिगमनको विरोध गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *