Main News

नेपाली कांग्रेसको १३ भातृ संस्थाले आज ७७ जिल्लामा प्रदर्शन गर्दै

हिमालय टिभी
२०७७ माघ १९ गते ९:२६
नेपाली कांग्रेसको १३ भातृ संस्थाले आज ७७ जिल्लामा प्रदर्शन गर्दै

१९ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसको १३ वटा भातृ संस्थाले प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा आज प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार आज १३ वटा भातृ संगठनले संयुक्त विरोध प्रदर्शन गर्ने हुँदा सहभागिताका लागि आग्रह गरिएको छ ।

प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन् । भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासिन देखिएको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *