Main News

हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशन सञ्चालनको तयारी, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

हिमालय टिभी
२०७७ माघ १९ गते ६:३२
हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशन सञ्चालनको तयारी, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

१९ माघ २०ं७७ काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उदघाटन गर्ने कार्यक्रम छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १ सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।

यस्तै कूल ४००–२२० केभी क्षमताको सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।

मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ ।

साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ । कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ ।

अर्को वर्षदेखि नेपालले भारतबाट विद्युत किन्नु नपर्ने ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताउनुभयो । यस वर्ष हिउँदमा थप एक सय मेगावाट विद्युत भारतबाट आउनेछ । तर आगामी वर्षदेखि भारतबाट ल्याइने विद्युत एक सयदेखि डेढ सय मेगावाटको हाराहारीमा हुने मन्त्री रायमाझीको दाबी छ । हाल भारतबाट ६ सय ५० मेगावाट विद्युुत आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *