Political Hightlights

ओली तानाशाह बन्न खोजेका हुन् चुनाव गराउँदैनन्ः अध्यक्ष डा. भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते १८:४९
ओली तानाशाह बन्न खोजेका हुन् चुनाव गराउँदैनन्ः अध्यक्ष डा. भट्टराई (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मिति तोके पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव नगराउने बताउनुभएको छ ।

रोल्पाका लिवाङमा भएको कार्यक्रममा डाक्टर भट्टराईले नजित्ने भएकाले ओलीले चुनाव नगर्ने दावी गर्नुभयो ।

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले ओली तानाशाह नै बन्न खोजेको आरोप लगाउनुभयो । संवैधानिक अंगहरु आफ्ना मान्छे राखेको भन्दै भट्टराईले अदालतको स्वायत्तता र स्वविवेकमाथि पनि प्रश्न उठाउनुभयो ।

राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘‘कु” गरेर अहिलेको व्यवस्था फाल्न खोजेको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्