संसद पुनर्स्थापना हुने र ओली सरकार ढल्ने नेता खनालको दाबी (भिडियो रिपोर्टसहित)
![संसद पुनर्स्थापना हुने र ओली सरकार ढल्ने नेता खनालको दाबी (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/01/jhalanath-khanal.jpg)
१८ माघ २०७७ काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले माइतीघरमा धर्ना दिनुभएको छ । १४ गतेदेखि शुरु भएको धर्नामा प्रचण्ड र नेपाल सहभागी हुनुभएको हो ।
पुस १० गते हामी यहाँ छौं भनेर पहिलो पटक सडकमा आएका प्रचण्ड र नेपाल देशका विभिन्न कार्यक्रम गरी आज माइतीघरको सडकमा देखिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भनिरहेको प्रचण्ड–नेपाल समूहले संसद पुनर्स्थापना भएरै छोड्ने दावी गरेको छ । माइतीघरमा पत्रकारसँग वरिष्ठ नेता झलनाथ खनालले पनि संसद पुनर्स्थापना हुने र छिट्टै ओली सरकार ढल्ने दावी गर्नुभयो ।
प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै छिट्टै पराजित गर्ने दावी गर्नुभयो ।
अर्की नेतृ पूर्णाकुमारी सुवेदीले आन्दोलनले ०६२–०६३ सालको जनआन्दोलनको रुप लिने दावी गर्नुभयो ।
पुस १४ गतेदेखि माइतीघर मण्डलामा जारी धर्ना आजदेखि सकिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भए पनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकाले अन्त्य गरिएको नेकपाले जनाएको छ ।
प्रतिक्रिया