Main News

संसद विघटन मुद्दा : रिट निवेदनकतर्फको बहस सकियो, भोलिदेखि सरकारी पक्षको बहस

हिमालय टिभी
२०७७ माघ १८ गते १६:३६
संसद विघटन मुद्दा : रिट निवेदनकतर्फको बहस सकियो, भोलिदेखि सरकारी पक्षको बहस

१८ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका १३ वटै रिटमाथिको निवेदकका तर्फबाट बहस सकिएको छ । सरकारका तर्फबाट भोलिदेखि बहस हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा भोलिदेखि विपक्षीको तर्फबाट बहस शुरु हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी रहनु भएको छ । आज रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले बहस गर्नुभएको थियो ।

यस्तै, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री र मणिराम उपाध्यायले पनि बहस गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा पुस २२ देखि निरन्तर सुनुवाइ हुँदै आएको छ ।

रिट निवेदकका तर्फबाट तीन सयभन्दा बढी कानून व्यवसायीले वकालतनामा पेश गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बहस गर्नेछ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखको तर्फबाट निजी कानून व्यवसायीले पनि बहस गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *