राजनीति

प्रधानमन्त्री ओलीले धर्मका नाममा राजनीति गर्न खोजेको प्रचण्ड–नेपाल पक्षको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते १५:०६
प्रधानमन्त्री ओलीले धर्मका नाममा राजनीति गर्न खोजेको प्रचण्ड–नेपाल पक्षको आरोप (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा राजनीति गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

प्रचण्ड–नेपाल समूहले ओलीमाथि हिन्दू राज्य घोषणा गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको उपस्थितिमा प्रतिनिधिसभा विघटन विरुद्ध माइतीघरमा भएको धर्नालाई सम्बोधन गर्दै नेता सुरेन्द्र पाण्डेले ओलीले २३ गते हिन्दू राज्य घोषणा गर्न सक्ने आशंका गर्नुभयो ।

राजनीतिक विषय छोडेर अब ओलीले धर्मको सहारा लिन खोजेको प्रचण्ड–नेपाल समूहको आरोप छ । पशुपति दर्शनदेखि राममन्दिर बनाउने ओलीका कुरा धर्मका नाममा जनता अलमल्याउने योजना रहेको पाण्डेले टिप्पणी गर्नुभयो ।

ओलीसँगको लडाइँलाई पाण्डेले आधुनिक महाभारत भन्नुभयो । महाभारतमा आफ्नाहरुबीच नै लडाइँ भएको र अहिले आफूहरुले पनि आफ्नाहरुसँगै लड्नु परेको पाण्डेले बताउनुभयो ।

प्रतनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले माघ १४ गतदेखि माइतीघरमा शुरु गरेको धर्ना आजदेखि सकिएको छ । २१ गतेसम्म धर्ना दिने योजना बनाए पनि बागमती प्रदेशसभाको बैठक शुरु हुने भएकाले छोट्याइएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

प्रचण्ड नेपाल समूहले बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्