दाङमा भूमिहीनको तथ्याङ्क संकलन शुरु, यही वर्ष लालपुर्जा वितरणको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते १४:१३
दाङमा भूमिहीनको तथ्याङ्क संकलन शुरु, यही वर्ष लालपुर्जा वितरणको तयारी (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ दाङ । भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि गठित आयोगले दाङमा सुकुम्बासीको तथ्यांक संकलन गरी जग्गा नाप्न काम थालेको छ । गाउँपालिकाका सबै वडाबाट संकलन गरेको आयोगले वडा नम्बर ५ बाट जग्गा नाप्न थालेको हो । गाउँपालिकाले यही आर्थिक वर्षभित्र सुकुम्बासी जग्गाधनी पूर्जा पाउने पाउने दाबी गरेको छ ।

कोरोना महामारीकै बीच सरकारले गत वैशाखमा भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गर्‍यो ।

आयोगलाई जग्गाविहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानको कार्यक्षेत्र तोकि बिभिन्न जिल्लामा कार्यालय समेत स्थापना गर्‍यो । आयोगले दाङको बबई गाउँपालिकामा सुकुम्बासीको तथ्यांक संकलन गरी अहिले वडा नम्बर ५ बाट जग्गा नापीको काम थालेको छ ।

लालपुर्जा पाउन सबै भूमिहिन स्थानीयले फारम भरिसकेका छन । अब जग्गा नापजाँच गरिसकेपछि निस्सा दिने र त्यहि अनुसार लालपूर्जा बितरण गर्ने तयारी छ ।

यहि आर्थिक वर्षसम्म सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ ।

दाङका सुकुम्बासी जग्गा नापीको काम सुरु भएपछि अहिले खुसी छन । तर अझै पनि लालपूर्जा पाइन्छ भनेर पूर्ण रुपमा ढुक्क भने भइसकेका छैनन ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तह मध्ये ३५ वटासँग सम्झौता गरी काम अघि बढाएको छ । यस पटक सबैले लालपुर्जा पाउने आयोगको आश्वासन छ । एक परिवारले पौने ६ कठ्ठासम्म जग्गा पाउने र त्यो भन्दा बढिको लागि राजश्व लाग्ने बताइएको छ ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *