Main News

चुनावी कार्यतालिका, आचारसंहिता र दल दर्ताको कार्यक्रम छिट्टै ल्याउने आयोगको तयारी

हिमालय टिभी
२०७७ माघ १८ गते १३:०७

१८ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले चुनावी कार्यतालिका, आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ताको कार्यक्रम छिट्टै ल्याउने दावी गरेको छ।

आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यतालिका बन्ने क्रममा छ। निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ।

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ। दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूचना जारी गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रतिनिधिसभा विघटन र निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दामाथिको बहस अझै जारी रहेकोले निर्वाचनका लागि तोकिएको मिति साँघुरिदै जाँदा चुनाव हुने सम्भावना कम हुँदै गएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध सडक आनदोलनमा रहेका दलहरु भने अहिलेको सरकारले चुनाव गराउनेमा विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *