Main News

जिब्रो चिप्लिएपछि खानेपानी मन्त्री थापाले माफी मागे

हिमालय टिभी
२०७७ माघ १८ गते १२:५९
जिब्रो चिप्लिएपछि खानेपानी मन्त्री थापाले माफी मागे

१८ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् ।

शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले आज माफी माग्नु भएका हो ।

सामाजिक सन्जालमा फेसबुकमा स्टाटस राख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा माग्नुभएको छ ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएको र त्यसलाई तत्कालै सच्याएको भन्दै मन्त्री थापाले कुनै द्विविधा नराख्न समेत अपील गर्नुभएको छ ।

राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने प्रष्टिकरण दिँदै मन्त्री थापाले भन्नुभएको छ–भुलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *