Main News

समयमा नै कोरोनाको खोप नपठाउने कर्मचारीप्रति स्वास्थ्यमन्त्रीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १७ गते १९:२०
समयमा नै कोरोनाको खोप नपठाउने कर्मचारीप्रति स्वास्थ्यमन्त्रीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ काठमाडौं । लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी बुटवल पुग्नुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका मन्त्रीले अस्पतालका जिम्मेवार कर्मचारी, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई एकै ठाउँमा राखेर खोप वितरणमा किन ढिलाई भयो भन्दै र्‍याख र्‍याख्ति पार्नुभएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बुटवलमा मातहतका निकायलाई यसरी चेतावनी दिनुभयो । लुम्बिनी प्रदेशमा कोरोनाको खोप समयमा नै वितरण गर्न नसकेकोमा मन्त्री त्रिपाठी प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयसँग आक्रोशित हुनुहुन्छ ।

भारतबाट अनुदानमा पाएको यो खोप सरकारले शुरुमा कोरोना संक्रमणको रोकथाममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई लगाइरहेकोछ । र जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ । प्राथमिकतामा परेकाले त्यै केन्द्रमा गएर खोप लगाइरहेका छन् । तर लुम्बिनी प्रदेशका जिल्ला अस्पतालमा समयमा खोप पुगेन ।

त्यसैले मन्त्री त्रिपाठी जिल्लामा खोप पुर्‍याउन नसक्नेबाट पछि गाउँ गाउँका केन्द्रमा खोप कसरी पुग्छ भनेर प्रश्न पनि गर्नुभयो ।

कर्मचारीले खोप वितरणमा तदरुकताका साथ काम नगरेको मन्त्री त्रिपाठीको निष्कर्ष छ । उहाँ यसलाई जनघात भन्नुहुन्छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले १४ गते तराईका ६ वटा जिल्ला र १५ गते पहाडी जिल्लामा खोप अभियान सुरु गरेका कारण लगाउन ढिला भइरहेको प्रष्टिकरण दिएको छ । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनालाई खोप लगाइने छ । अहिलेसम्म २ हजार ६३ जनाले मात्र खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *