राजनीति

प्रधानमन्त्री ओली पार्टीमा मात्र नभएर सडकमा पनि एक तिहाई मात्रः प्रचण्ड

हिमालय टिभी
२०७७ माघ १७ गते १७:५२
प्रधानमन्त्री ओली पार्टीमा मात्र नभएर सडकमा पनि एक तिहाई मात्रः प्रचण्ड

१७ माघ २०७७ काठमाडौं । नेकपाका दुबै समूह शक्ति प्रदर्शनको होडमा केन्द्रित भएका छन् । दुबै समूह विभिन्न जिल्लामा जनसभा गर्दै एक अर्काविरुद्ध खनिइरहेका छन् । यसैक्रममा प्रचण्ड–नेपाल समूहले आज आज धनगढीमा विशाल प्रदर्शन गरेको छ ।

प्रदर्शनपछि आयोजित सभामा नेताहरुले प्रधानमन्त्री केपी ओलीमाथि विभिन्न आरोप लगाएर हमला गरेका छन् । जनताको उल्लेख्य उपस्थिति देखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली पार्टीमा मात्र नभइ सडकमा पनि एक तिहाई नै भएको दाबी गर्नुभयो ।

कुनै समय नायकका रुपमा स्थापित भएका ओली अहिले खलनायक बनेको प्रचण्डले आरोप लगाउनुभयो । उहाँले आफु उखान टुक्का भन्न नआएको भन्दै ओलीमाथि व्यङ्ग पनि गर्नुभयो ।

प्रचण्डले एकजना व्यक्तिको लहडले संसद विघटन हुन नसक्ने तर्क गर्दै अहिले पनि संसद जीवितै रहेको दाबी पनि दोहोर्‍याउनुभयो ।

प्रधानमन्त्री ओलीले आफुमाथि परिवार र आसेपासेलाई पोसेको भन्दै लगाएको आरोपको पनि प्रचण्डले यसरी खण्डन गर्न प्रयास गर्नुभयो ।

कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले इतिहासमा धेरै तानाशालाई फालेका जनता ओलीको फुर्तिफार्तिसँग नडराउने बताउनुभयो । उहाँले ओलीका पछि लागेकाहरु फर्किएर आए पार्टीमा स्वागत गर्ने नत्र रामराम मात्रै भन्ने टिप्पणी पनि गर्नुभयो ।

अध्यक्ष नेपालले ओली अस्ताउँदो सूर्य भएको भन्दै त्यही सूर्य बोकेर विदा हुने भविष्यबाणी पनि गर्नुभयो । यसअघि धनगढीमा नेकपा ओली समूहले पनि सभा गरेर प्रचण्ड(नेपालसमूहमाथि हमला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्