Main News

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत तेस्रो दिनसम्म ४६ हजार बढीले लगाए खोप

हिमालय टिभी
२०७७ माघ १६ गते १८:३२
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत तेस्रो दिनसम्म ४६ हजार बढीले लगाए खोप

१६ माघ २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप अभियानको तेस्रो दिन आजसम्म देशभर ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ जिल्लामा कुल ४६ हजार १ सय ९७ जनाले खोप लगाएको जानकारी दिएको छ ।

जस अनुसार प्रदेश १ मा ७ हजार, प्रदेश २ मा साढे ४ हजार, बागमती प्रदेश साढे १५ हजार, गण्डकी प्रदेशमा ७ हजार, लुम्बिनी प्रदेशमा साढे ४ हजार, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा साढे ३ हजार जनाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार खोप लगाएका कसैमा पनि हालसम्म कुनै जटिल किसिमको समस्या देखिएको छैन ।

बुधबार शुरु भएको खोप अभियानअन्तर्गत देशभरका १ सय ६९ खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *