Main News

कोरोनाविरुद्धको खोप लगाएका विदेशीलाई सहजै नेपाल प्रवेश दिने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १६ गते १७:३५
कोरोनाविरुद्धको खोप लगाएका विदेशीलाई सहजै नेपाल प्रवेश दिने तयारी (भिडियो रिपोर्टसहित)

१६ माघ २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताउनुभएको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको बताउनुभएको हो । उहाँले नेपाल आउने व्यक्तिले क्वारन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी सहज बनाउने तयारी गरेको बताउनुभयो ।

७२ घण्टाभित्र पीसीआर परीक्षण गराएर आएको रिपोर्ट र नेपालमा परीक्षण गर्दा पनि पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई आफ्नो गन्तव्यमा सजिलै जान दिने व्यवस्था गर्न लागेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *