Main News
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, १५७ संक्रमित थपिए
२०७७ माघ १६ गते १६:४४

१६ माघ २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ । यसअघि बिहीबार मृत्युदर शून्य थियो ।
थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ७ सय ४५ संक्रमितको संख्या पुगेको छ ।
संक्रमणबाट थप ३ यि ३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ छ ।
२७ जना गम्भीर कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । १ सय ४७ जनाको संक्रमित आईसीयुमा उपचाररत छन्।
प्रतिक्रिया