Main News

छलफल केही दिन पर सार्न निर्वाचन आयोगसँग नेकपा प्रचण्ड–नेपाल समूहको आग्रह

हिमालय टिभी
२०७७ माघ १६ गते १३:०८
छलफल केही दिन पर सार्न निर्वाचन आयोगसँग नेकपा प्रचण्ड–नेपाल समूहको आग्रह

१६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको दुवै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।

तर दुई अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयं उपस्थित हुन चाहेकाले आजको छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड–नेपाल समूहले बताएको छ ।

नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *