बाँकेमा क्यान्सरको उपचार शुरु भएपछि पश्चिम नेपालका रोगी लाभान्वित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १५ गते १८:१५
बाँकेमा क्यान्सरको उपचार शुरु भएपछि पश्चिम नेपालका रोगी लाभान्वित (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ नेपालगञ्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी सेवा शुरु गरेपछि पश्चिम नेपालका बिरामी लाभान्वित भएका छन् । खजुरा क्यान्सर अस्पतालले सर्जरी सेवा विस्तार गरेसँगै क्यान्सरको शंका भएका बिरामीलाई परीक्षण र उपचारका लागि चितवन, काठमाडौं तथा भारत जानुपर्ने बाध्यता हट्दै गएको छ ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले मंसिर ५ गतेदेखि सर्जरी सेवा शुरु गरेको हो । सेवा शुरु गरेको दुई महिनाको अवधिमा रक्तनली र पाठेघरमा ट्युमर भएका र शरीरका विभिन्न भागमा शिष्ट भएका ३० जना बिरामीको शल्यक्रिया भइसकेको छ ।

महिला क्यान्सर रोग विशेषज्ञ आएसँगै क्यान्सर अस्पतालबाट पाठेघरमा टयुमर तथा क्यान्सरका बिरामीले परीक्षण गरेको एक दुई दिन मै शल्यक्रिया सेवा पाउन थालेका छन ।

खजुरा क्यान्सर अस्पतालमा महिला क्यान्सर रोग विशेषज्ञ आएपछि पाठेघरमा ट्युमर र क्यान्सर भएका बिरामीलाई सहज रुपमा उपचार सेवा दिन सकिएको हो ।

खजुरा क्यान्सर अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीलाई औषधिमार्फत दिने किमो सेवा पनि प्रदान गर्दै आएको छ । अस्पतालले पछिल्ला दिनमा दैनिक ८ देखि १० जनासम्मलाई किमो सेवा दिँदै आएको छ । कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले शल्यक्रिया सेवा दिइरहेका छन ।

२०५६ सालदेखि निर्माण शुरु भएको क्यान्सर अस्पतालमा अप्रेशन थियटर र १० वेडको आइसीयु वार्डसहित करिब एक सय बेड तयारी अवस्थामा छन ।

क्यान्सर अस्पतालले उपचार सेवा विस्तार गरेसंगै लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका बिरामीहरुहरुले सहज रुपमा उपचारका सेवा पाउने पाउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *