विदेश

थप खोप उपलव्ध गराउन बेलायती कम्पनीसँग ईयूको आग्रह

हिमालय टिभी
२०७७ माघ १५ गते ७:३१
थप खोप उपलव्ध गराउन बेलायती कम्पनीसँग ईयूको आग्रह

१५ माघ २०७७ लण्डन । बेलायती औषधि कम्पनी एष्ट्राजेनिकासँग कोरोना भाइरसविरुद्धको थप खोप उपलब्ध गराउन युरोपियन युनियनले आग्रह गरेको छ ।

ईयुले बेलायतकै उत्पादन केन्द्रबाट उत्पादित खोपको थप परिणाम उपलब्ध गराउन एष्ट्राजेनिकालाई आग्रह गरेको हो । समस्या समाधानका लागि दुई पक्षबीच भएको वार्तामा ईयूले आफ्नो पुरानै अडान दोहोर्‍याएको छ।

यस वर्षको पहिलो चौमासिकमा सहमति गरे अनुसार थप खोप उपलब्ध गराउन एष्ट्राजेनिका बाध्य रहेको समेत ईयुको भनाइ छ । सहमति गरे अनुसार खोप उपलब्ध गराउन नसक्नु युरोपीय संयन्त्रमा उत्पादकको उल्लंघन भएको भन्दै जसरी पनि खोप उपलब्ध गराउनुपर्ने ईयुको जोड छ ।

त्यस्तै खोप आपूर्तिमा भइरहेको ढिलासुस्तीका लागि ईयूभित्रै उक्त क्षेत्रीय सङ्गठनको आलोचना समेत भइरहेको छ । यसअघि एष्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको थियो ।

यससँगै २ हजार २१ को जनवरी(मार्च महिनाका लागि ईयूले सम्झौता गरेभन्दा ६० प्रतिशत कम खोप पाउने बताइएको थियो ।

त्यसको प्रभावका कारण यूरोपका विभिन्न देशमा कोरोना खोप अभियान स्थगित समेत हुन पुगेको छ । एष्ट्राजेनिकाको खोपलाई अझै ईयूले मान्यता दिइसकेको छैन तर भोलि नै इयूको औषधी नियामकले यसबारे निर्णय लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *